ई-सेवाको ‘इनोभेसन डे’ घोषणा 

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Announcement of 'Innovation Day' of e-services

काठमाडौँ — ई–सेवाले ‘इनोभेसन डे’ घोषणा गरेको छ । कम्पनीले आफ्नो १६औं वार्षिकोत्सवका अवसरमा उक्त घोषणा गरेको हो । ई–सेवाले नगदरहित कारोबारको कल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको थियो ।

मोबाइल टपअपबाट सेवा सुरु गरेको ई–सेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लु बुक नवीकरण, इन्सोरेन्स लगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानीका सुविधा प्रदान गरिँदै आएको कम्पनीले जनाएको छ ।

हालसम्म ई–सेवाका १ करोड प्रयोगकर्ता र २ लाख ६८ हजारभन्दा बढी एजेन्ट र ४ लाख ५० हजारभन्दा बढी मर्चेन्ट छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully