थेम्स कलेजमा 'भीम्याग'

माघ १२, २०८१

कान्तिपुर संवाददाता

'VMag' at Thames College

काठमाडौँ — नेपालमा सञ्चालित विभिन्न कलेजको शैक्षिक वातावरण, शिक्षाको गुणस्तर, अतिरिक्त क्रियाकलाप लगायत विषयमा जानकारी दिँदै आएको ‘भीम्याग’ टिम यस पटक काठमाडौंमा रहेको थेम्स इन्टरनेसनल कलेज पुगेको छ ।

आईटी, बिजनेस एन्ड म्यानेजमेन्ट र सोसल साइन्सेज कोर्स पढाउँदै आएको थेम्सले विद्यार्थीलाई सैद्धान्तिक अध्यापन सँगसँगै व्यावहारिक ज्ञान दिँदै आएको छ ।

जसले गर्दा यहाँका विद्यार्थीले केवल शैक्षिक तह उत्तीर्ण गरी प्रमाणपत्र लिनु मात्रै नभई आ–आफ्ना विषयअन्तर्गत नेतृत्वदायी क्षमता विकास गर्नुका साथै रचनात्मक पनि बनाउने कलेजको उद्देश्य हो । 

‘बिजनेस एन्ड म्यानेजमेन्ट’ की फ्याकल्टी को–अर्डिनेटर शिखा गौतम थेम्स कलेज अन्यभन्दा पृथक् हुनुमा अनुभव र सिकाइबीचको तारतम्य रहेको बताउँछिन् । भन्छिन्, ‘हाल हाम्रो कलेजका प्रोग्रामहरू सैद्धान्तिक हिसाबले त अब्बल छन् नै, त्यसबाहेक पनि कक्षाकोठा अन्तरक्रियात्मक हुनुका साथै विद्यार्थीलाई वर्कसप, सेमिनारदेखि समुदायमा आधारित बनाई व्यवहारसम्मत सिकाइरहेका हुन्छौं ।’ उनले विद्यार्थीलाई करिअर निर्माणका लागि ‘करिकुलम’ बाहेकका सहयोगी क्रियाकलापमा पनि संलग्न गराएर दक्ष बनाउन कलेज लागिपरेको बताइन् । 

थेम्स कलेजका निर्देशक सुजन कायस्थले २५ वर्षअघि ७ जना विद्यार्थीबाट कलेजको सुरुवात गरेको इतिहास सम्झँदै भने, ‘यो २५ वर्षको अवधिमा हामी ९ वटा प्रोग्राम सञ्चालन गर्ने अवस्थामा आइपुगेका छौं ।’ हाल कलेजले ‘फ्युचर रेडी प्रोग्राम’ पनि विद्यार्थीका लागि ल्याएको उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully