काठमाडौँ — मर्क्योर होटल सञ्चालनमा आएको छ । काठमाडौंको सुकेधारामा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गरेपछि होटल सञ्चालनमा आएको मर्क्योर नेपालले जनाएको छ । नेपालमा मर्क्योर ब्रान्डको यो पहिलो होटल हो । यस होटलले मौलिकता प्रस्तुत गर्ने र पाहुनालाई न्यानो एवं आत्मीय बसाइ प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
सन् १९७३ देखि स्थानीय अनुभव प्रदान गर्न समर्पित यस होटलले काठमाडौंको भावनालाई समेटेर डिजाइन गरिएको जनाएको छ । विविधतायुक्त पकवान, अन्तर्राष्ट्रिय क्लासिक्सदेखि प्रामाणिक स्थानीय र स्वाद लिन सक्ने होटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पाहुनाले होटल बसाइमा रुफटप इन्फिनिटी पुलमा काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सक्ने, साउना सुविधा फिटनेस सेन्टरको सुविधा अनुभव लिन सक्छन् ।
‘मर्क्योर काठमाडौं सुकेधारा हाइट्स उद्घाटन एसियाभर एकोरको विस्तार यात्रामा एक प्रमुख कोसेढुंगा हो,’ एकोरका प्रिमियम, मिडस्कले र इकोनोमी डिभिजन एसियाका चिफ अपरेटिङ अफिसर थार्थ सिमन्सले भने । यसैगरी मर्क्योरसँग सहकार्य गरी उक्त ब्रान्डलाई नेपालमा ल्याउन पाउँदा गौरवान्वित भएको द मेट्रोपोलिटन होटल प्रालिका अध्यक्ष देशबन्धु बस्नेत (अजित) ले बताए ।
