काठमाडौँ — फोनपे सर्भिसले आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको मंगलबार सम्पन्न पाँचौं वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।
सभाले कम्पनीका सेयरधनीलाई गत असार मसान्तसम्म कायम रहेको चुक्तापुँजीको १०.५३ प्रतिशत नगद लाभांश दिने जनाएको छ । सोही सभाले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षणका लागि एनबीएसएम एन्ड एसोसिएटेडलाई नियुक्त गर्नेसमेत निर्णय गरेको छ ।
