काठमाडौँ — नागरिक लगानी कोषले सेयरधनीलाई १३ प्रतिशत बोनस र लाभांश दिने निर्णय गरेको छ । कम्पनीको ३० औं वार्षिक साधारणसभाले सोमबार उक्त निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने निर्णय स्वीकृत गरेको हो ।
सभाले २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । यससँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको कोषले जनाएको छ ।
२०८०/८१ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा २ खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
