सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न

पुस २९, २०८१

कान्तिपुर संवाददाता

The 20th Annual General Meeting of Sangrila Development Bank was held

काठमाडौँ — सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सोमबार काठमाडौंमा सम्पन्न भएको साधारणसभाले बैंकको चुक्ता पुँजी तीन अर्ब त्रिचालीस करोड नौ लाख एकहत्तर हजार तीन सय दुई रुपैयाँ पचपन्न पैसाको ३.६५१६ प्रतिशत बाह्र करोड बाउन्न लाख चौरासी हजार चार सय सत्र रुपैयाँ मात्रबराबरको बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.१९२२ प्रतिशतले हुन आउने रकम पैसठ्ठी लाख त्रियानब्बे हजार नौ सय सत्र रुपैयाँ मात्र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पुँजी तीन अर्ब पचपन्न करोड बैसट्ठी लाख पचपन्न हजार सात सय उन्नाइस रुपैयाँ पचपन्न पैसा पुगेको छ । साधारण सभाले आ.व.०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully