काठमाडौँ — सिद्धार्थ बैंकले आफ्ना सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । बैंकको आइतबार काठमाडौंमा सम्पन्न २३ औं वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।
सभाले बैंकको १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १ सय ८५ रुपैयाँको ४ प्रतिशतले हुन आउने ५६ करोड ३५ लाख ९९ हजार २ सय ८ रुपैयाँ लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो । बैंकले ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ स्वीकृत भएपछि जारी गर्ने निर्णयसमेत गरेको छ ।
