महिला हिंसा रोक्न 'वन बिलियन राइजिङ' अभियान

पुस २८, २०८१

कान्तिपुर संवाददाता

'One Billion Rising' campaign to stop violence against women

काठमाडौँ — महिलामाथि हुने हिंसा रोक्न काठमाडौंमा ‘वन बिलियन राइजिङ’ अभियान सुरु गरिएको छ । समानताका लागि आवाज नेपाल (एसकेएलए) ले शनिबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय शिक्षा विभागमा कार्यक्रम आयोजना गरी नेपालमा यस वर्ष उक्त अभियान सुरुवात भएको जनाएको छ ।

यो एक विश्वव्यापी अभियान हो । विश्वमा ७ बिलियन जनसंख्यामध्ये एक बिलियन जनसंख्या महिलाको रहेको र उनीहरूमाथि हुने हिंसा रोक्न उक्त अभियान सुरु गरिएको एसकेएलएको भनाइ छ । संस्थाले महिला मात्र नभई तेस्रोलिंगी समुदायहरूमाथि हुने हिंसालाई समेत यस अभियानले सम्बोधन गर्ने जनाइएको छ ।

कान्तिपुर

Link copied successfully