काठमाडौँ — कमलादीस्थित वोन्डर्स नेपाल प्रालिको सातौं वार्षिक साधरणसभाले अध्यक्ष तेजबहादुर सिंह र प्रबन्ध निर्देशकमा विष्णुहरि पाण्डेलाई मनोनयन गरेको छ ।
प्रालिद्वारा जारी विज्ञप्तिअनुसार, साधरणसभाले यो कम्पनीलाई पब्लिक लिमिटेडमा रुपान्तरण गर्दै सर्वसाधरणका लागि आईपीओ जारी गर्ने प्रस्तावलाई पारित गरेको छ ।
कार्यक्रममा नवनियुक्त प्रबन्ध निर्देशक पाण्डेले स्काईवाक टावरमा ३६० डिग्री भ्यू देखिने रेस्टुरेन्ट र क्लब संचालनमा ल्याइने बताए । त्यस्तै सिटी बन्जी जम्प, डोम प्रोजेक्ट लगायतका थप साहसिक गतिविधि पनि चाँडै विस्तार गरिने बताए । त्यहाँको सेवाको दायरा फराकिलो बनाउँदै स्काईवाक टावरलाई काठमाडौंको मुख्य पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताइएको छ ।
