काठमाडौँ — सनराइज बैंकले आफ्ना सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको छ । काठमाडौंमा बुधबार सम्पन्न बैंकको २४औं वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।
सभाले बैंकको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
