अप्पर मर्स्याङ्दी–१ मा लक्ष्मी बैंकको लगानी 

पुस २२, २०८१

कान्तिपुर संवाददाता

Investment by Laxmi Bank in Upper Marsyangdi-1

काठमाडौँ — अपर मर्स्याङ्दी हाइड्रोपावरमा लक्ष्मी बैंकले लगानी गर्ने भएको छ । लक्ष्मी बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंक र अपर मर्स्याङ्दी हाइड्रोपावर कम्पनीबीच सम्झौता भएको हो ।

लमजुङस्थित मर्स्याङ्दीमा निर्माण गरिने १० मेगावाट क्षमताको अपर मर्स्याङ्दी १ जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको हो ।

सो आयोजनाको कुल लागत २१.४० अर्ब रुपैयाँ छ । परियोजना निर्माणका लागि बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

कान्तिपुर

Link copied successfully