कान्तिपुरकर्मी अर्यालसहित ३ पत्रकारलाई मुक्तिनाथको सम्मान

पुस २०, २०८१

कान्तिपुर संवाददाता

Muktinath's honor to 3 journalists including Kantipur worker Aryal

काठमाडौँ — मुक्तिनाथ विकास बैंकले स्थापनाको १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको अवसरमा देशभरका क्षेत्रीय कार्यालयमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

बैंकले कृषि क्षेत्रमा खोज अनुसन्धान गरी लेख तथा समाचार प्रकाशित गर्ने उत्कृष्ट तीन जना पत्रकारलाई ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार’ बाट सम्मान गरेको हो । उक्त पुरस्कार प्राप्त गर्ने पत्रकारमा कान्तिपुरका पाल्पा संवाददाता माधवप्रसाद अर्याल, जुम्लाका पत्रकार सागर परियार, काठमाडौंकी पत्रकार कौशिला कुँवर छन् ।

अर्याललाई १५ हजार, परियारलाई ३५ हजार र कुँवरलाई २५ हजार नगद तथा प्रमाणपत्रले सम्मान गरिएको बैंकले जनाएको छ । यसैगरी बैंकले वातावरण संरक्षण र जलवायु परिवर्तन रोकथाम विषयलाई लक्ष्य गरी ८ देखि १० कक्षासम्मका विद्यार्थीबीच राष्ट्रव्यापी रूपमा चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । जसमा सर्वोत्कृष्ट चित्र सिर्जनाकार जुलेन गुरुङलाई ५० हजार र प्रमाणपत्र प्रदान गरिएको बैंकले बताएको छ । हरेक क्षेत्रीय कार्यालयअन्तर्गतका उत्कृष्ट चित्रकारलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको बैंकको भनाइ छ ।

कान्तिपुर

Link copied successfully