नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० मा

पुस १५, २०८१

कान्तिपुर संवाददाता

3rd National Convention of Nepal National Business Federation on December 20

काठमाडौँ — नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औँ साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशन यही पुस २० गते आयोजना हुने भएको छ । अधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष कुमार कार्कीले अधिवेशन तथा साधारणसभाबारे जानकारी दिए ।

महासंघकाअनुसार अधिवक्ता अर्जुन अर्यालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको छ । 

अध्यक्ष कार्कीले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई स्थानीय सरकारको सिफारिस बिना धितो सहुलियत ब्याजदरमा  २५ लाख रूपैयाँसम्मको ऋण उपलब्ध गराउनुपर्ने धारणा राखे । 'व्यवसायीले अनुदानमा नभइ सहुलियत दरमा ऋणमा पाउनुपर्छ,' उनले भने । उनले व्यवसाय दर्ता प्रणाली एकद्वार प्रणालीबाट हुनु पर्ने, भन्सारदर समयसापेक्ष पनि परिमार्जन गरिनुपर्नेमा जोड दिए ।

सहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्नेका लागि राज्यले वैज्ञानिक घरभाडा कर लागू गर्नुपर्ने, खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र प्रदान गरे पश्चात पुनरावलोकन हुनु नहुने, स्थायी लेखा नम्बरमार्फत गरिने कारोबारको सिमा रु ५० लाखबाट वढाएर रु दुई करोड बनाउनु पर्ने भनाइ राखे ।

कान्तिपुर संवाददाता

Link copied successfully