कजरिया टाइल्सको प्रिमियम सेरामिक हाइट 

पुस १२, २०८१

कान्तिपुर संवाददाता

Kajaria Tiles Premium Ceramic Height

काठमाडौँ — कजरिया रमेश टाइल्सले नेपालमा सेरामिक टाइल उत्पादन सुरु गरेको छ । उद्योगले ३०० बाई ४५० एमएम आकारको सेरामिक टाइलको उत्पादन सुरु गरेको हो ।

यसअघि उद्योगले ६०० बाई ६०० एमएम र ६०० बाई १२०० एमएमको ग्लेज्ड भिट्रिफाइड टाइल्सका साथै ४०० बाई ४०० एमएमको हेभी ड्युटी भिट्रिफाइड टाइल्स बजारमा ल्याइसकेको छ । कजरियाले नेपालभर सयभन्दा बढी डिलर र वितरकको सञ्जाल बनाइसकेको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

आधुनिक प्रविधिमा उत्पादन गरिएका सेरामिक टाइल बजारमा ल्याउने तयारीमा रहेको उद्योगका निर्देशक हिमांशु अग्रवालले बताए । कजरिया रमेश टायल्स र भारतीय उद्योग कजारिया सिरामिक्सको संयुक्त लगानी नवलपरासीमा टाइल उत्पादन गर्ने कारखाना निर्माण गरिरहेको छ । 

कान्तिपुर

Link copied successfully