काठमाडौँ — सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्याउने बन्दना शर्मालाई यस वर्षको ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ प्रदान गरिएको छ ।
हालै सम्पन्न ‘आईसीटी अवार्ड २०२४’ कार्यक्रममा शर्मालाई सो अवार्डबाट सम्मानित गरिएको हो । कर्णालीका मुख्यमन्त्री यमलाल कँडेल र एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले संयुक्त रूपमा शर्मालाई उक्त अवार्ड प्रदान गरे ।
नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखका रूपमा कार्यरत शर्माले अवार्डसँगै ३ लाख रुपैयाँ नगद पुरस्कारसमेत पाएकी छन् । नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै सो क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याएका महिलालाई उक्त अवार्ड प्रदान गरिँदै आएको छ ।
