आईएमएस सफ्टवेयर र हिमालय बैंकबीच सम्झौता

पुस १०, २०८१

कान्तिपुर संवाददाता

Agreement between IMS Software and Himalaya Bank

काठमाडौँ — आईटी कम्पनी आईएमएस सफ्टवेयर र हिमालयन बैंकबीच आधुनिक स्वचालित भुक्तानी प्रविधि कार्यान्वयनका लागि सम्झौता भएको छ । 

आईएमएस र बैंकबीच सोमबार एक समारोहबीच उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा आईएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्रकार र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मीले गरे । सम्झौताअनुसार आईएमएसले बैंकको प्वाइन्ट अफ सेल (पीओएस) उपकरणहरूमा आधुनिक स्वचालित भुक्तानी प्रविधि कार्यान्वयन गर्नेछ । 

यस प्रविधिले कार्ड र क्यूआरमा आधारित भुक्तानीलाई छिटो र सुरक्षित बनाउने कम्पनीले जनाएको छ । साथै बैंकका पीओएस उपकरणहरू आईएमएस सफ्टवेयरको बिलिङ सफ्टवेयरसँग एकीकृत गरिनेछ । यो एकीकरणले सफ्टवेयरको प्रयोग गर्न सक्षम बनाउने कम्पनीको दाबी छ ।

कान्तिपुर संवाददाता

Link copied successfully