काठमाडौँ — नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच मंगलबार सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले हस्ताक्षर गरे ।
आईएमईले प्रतिसेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ताबापतको १२ करोड ५० लाख ६६ हजार ७ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।
सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने कोषले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
