मेरियट होटलमा पेरुको स्वाद

पुस २, २०८१

कान्तिपुर संवाददाता

A Taste of Peru at the Marriott Hotel

काठमाडौँ — काठमाडौंस्थित मेरियट होटलमा ‘पेरु फुड फेस्टिभल’ आयोजना गरिएको छ ।  गत साता पेरुको महावाणिज्य दूतावास र नेपाललाई मान्यता प्राप्त भारतस्थित पेरुको राजदूतावासले  राजधानीमा पेरु फुड फेस्टिभल आयोजना गरेको हो ।

मेरियट होटलमा आयोजना गरिएको ‘काठमाडौमा पेरुको स्वाद’ नामक सो फेस्टिभलमा पेरुको पाक सम्पदाका बारेमा जानकारी गराइएको थियो । पेरुको सबैभन्दा प्रतिष्ठित सिर्जनाहरुमध्ये एक पिस्को साउर (कागतीको रस, सिरप, अण्डाको सेतो भाग, एङ्गोस टुरा बिटर र आइसक्यूबको मिश्रणले बनेको ककटेल) को प्रवर्द्धन गरिएको जनाइएको छ ।

सो अवसरमा नेपालका लागि पेरुका मानार्थ महावाणिज्यदूत सुमित कुमार अग्रवालले विश्वका सबैभन्दा रुचाइएका पाक सम्पदामा पेरु समेत पर्ने बताए ।

पेरु पाककलाको लामो इतिहासलाई सम्मान गर्दै हामीले यो कार्यक्रमको आयोजना गरेको उनले जानकारी दिए । फेस्टिभलले दुई देशबीच जनस्तरको सम्बन्धलाई प्रवर्द्धन गर्न योगदान पुग्ने उनको भनाई थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully