काठमाडौँ — रुपन्देहीको शुद्धोधनमा रहको श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले कम्पनीका संस्थापक सतिसचन्द श्रेष्ठ, मौसुमी श्रेष्ठ, कमल प्रसाद नेपाल, पोषक राज पौड्याल तथा रामकृष्ण खतिवडालाई सन्चालकमा चयन गरेको छ।
कृषि क्षेत्रमा आधुनिकीकरण र गर्न व्यवसायिक कृषिको जग बसाल्न क्रियाशिल एग्रीटेक इन्डस्ट्रिजको साधारण सभाले स्वतन्त्र सन्चालकमा अमर बहादुर थिङलाई अनुमोदन गरेको छ ।
साधारण सभाले कम्पनीका अध्यक्षद्वारा प्रस्तुत श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ।
