काठमाडौं मोडेल माविले मनायो रजत जयन्ती

मंसिर ३०, २०८१

कान्तिपुर संवाददाता

Kathmandu model Mavi celebrated silver jubilee

काठमाडौँ — काठमाडौं मोडेल माध्यमिक विद्यालयले रजत जयन्ती महोत्सव मनाएको छ । २०५७ सालमा स्थापना भएको विद्यालयले स्थापनाको २५ औं वर्षलाई रजत महोत्सवका रूपमा मनाएको हो ।

सो अवसरमा विद्यालयले शनिबार ६.३ किलोमिटर दूरीको मिनी म्याराथन प्रतियोगिता आयोजना गरेको थियो । जसमा राष्ट्रिय म्याराथन धावक वैकुण्ठ मानन्धरसहित ३५ सय जनाभन्दा बढी विद्यार्थी सहभागी थिए ।

म्याराथन दौडमा छात्रतर्फ अभिषेख मगर प्रथम, सुदीप थपलिया द्वितीय र निराजन पुन तृतीय भएका थिए भने छात्रातर्फ निकिता कुँवर प्रथम, कृष्टिना कतिला द्वितीय र निर्मला विक तृतीय स्थानमा रहे ।

दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, पाँच हजार र तीन हजार रुपैयाँ दरले नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कान्तिपुर

Link copied successfully