काठमाडौँ — टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको साझेदारीमा डिजिटल सेफ्टी समिट आयोजना गरेको छ । अनलाइन सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन गर्न हालै उक्त कार्यक्रम आयोजना गरिएको टिकटकले जनाएको छ ।
कार्यक्रममा मुख्य वक्ता रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल सुरक्षा अभिवृद्धि गर्न सरकारको प्रतिबद्धता रहेको बताए ।
मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुर, डिजिटल सेफ्टी एक्सपर्ट सन्तोष सिग्देल र टिकटक क्रिएटर सुवास घिमिरेले ‘जोखिमको अनुगमन, प्रयोगकर्ताहरूको सुरक्षा : डिजिटल सुरक्षाका लागि साझा दृष्टिकोण’ विषयक अन्तर्क्रिया गरे । अन्तर्क्रियामा सहभागीहरूले फेमिली पेयरिङ टुल्स र नेपाली प्रयोगकर्ताहरूको सुरक्षामा टिकटकको प्रतिबद्धतालाई जोड दिएका थिए ।
