बीएमडब्लू एक्स७ एक्सड्राइभ ४० आई एक सातामै बिक्री

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

BMW X7 XDrive 40i sold in one week

काठमाडौँ — बीएमडब्यू अटो मोबाइल्सको आधिकारिक आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम मोटर्सले एक सातामै बीएमडब्लू एक्स७ एक्सड्राइभ ४०आई मोडल बिक्री गरिसकेको दाबी गरेको छ ।

कम्पनीले नेपाली बजारमा ७ करोड रुपैयाँ पर्ने बीएमडब्यू एक्स७ एक्सड्राइभ ४०आईको मोडल बिक्री गरिसकेको जनाएको छ ।

उक्त मोडलमा आधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, सुरक्षा, शक्ति र विलासी सुधिवाका कारण रुचाइएको गाडी पर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार सो मोडल नेपालमा गत कात्तिक २९ मा भित्रिएको थियो । नेपाली बजारमा भित्रिएको छोटो समयमै बिक्री सम्पन्न गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा छ ।

यसले नेपालमा प्रिमियम गाडीको बजारमा नयाँ मापदण्ड स्थापना गरेको कम्पनीको भनाइ छ ।

कान्तिपुर

Link copied successfully