जोन्टा, एनसेल, यूएनएफपीए र युनिसेफ नेपाल लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा 

मंसिर १२, २०८१

कान्तिपुर संवाददाता

JONTA, NCELL, UNFPA and UNICEF Nepal in 16-day campaign against gender-based violence

काठमाडौँ — जोन्टा क्लब काठमाडौं, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपाल लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा जोडिएका छन् । बालविवाह अन्त्यका लागि सचेतना जगाउन संयुक्त पहलद्वारा यसको समाधान खोजी योगदान पुर्‍याउने उद्देश्यले महिला हिंसाविरुद्धको हिंसा उन्मूलनका लागि एक कार्यक्रम आयोजना गरी उक्त अभियानमा जोडिएको जनाएका हुन् । कार्यक्रममा जोन्टाकी अध्यक्ष बिना रानाले बालविवाह रोक्न सबै पक्षको सहकार्य अपरिहार्य बताइन् । 

सोही अवसरमा यूएनएफपीए र युनिसेफ नेपालले किशोरकिशोरीलाई बालबिवाहका असरबारे सचेत गराउन सन्देशमूलक संगीत भिडियोसमेत सार्वजनिक गरिएको थियो ।

युनिसेफ नेपालकी डेपुटी रिप्रेजेन्टेटिभ टु नेपाल जी ह्युन राह, यूएनएफपीए नेपालकी लैगिंक तथा मानव अधिकार विशेषज्ञ कमला विष्ट, कलाकार प्रकाश सपूत र एसडीजी स्टुडियोले ‘शिरमै फुर्के रिबन’ बोलको भिडियो सार्वजनिक गरे ।

कार्यक्रममा एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर विशाखा लक्ष्मी खड्काले लैंगिक हिंसा अन्त्य सामाजिक आवश्यकता मात्र नभई सबैको नैतिक जिम्मेवारी भएको बताइन् ।

कान्तिपुर

Link copied successfully