सिरहामा विद्यार्थीका मोबाइल नष्ट घटना : सर्वोच्च अदालतले सरकारी निकायसँग माग्यो जवाफ

रिट निवेदनमाथि अन्तिम टुंगो नलागेसम्म परीक्षा हदमा भेटिएका मोबाइल र त्यसमा रहेका डेटा नष्ट नगर्न/नगराउन पनि अदालतको आदेश छ।

जेष्ठ २७, २०८३

विनय आजाद

The Supreme Court has sought a response from the government agency regarding the incident of students' mobile phones being destroyed in Siraha.

What you should know

सिरहा — सिरहामा एसईईका क्रममा विद्यार्थीबाट खोसिएका मोबाइल नष्ट गरेको घटनामा सरकारी निकायसँग जवाफ माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले निर्णयमा संलग्न निकायसँग जवाफ माग गरेको हो । रिट निवेदनमाथि अन्तिम टुंगो नलागेसम्म परीक्षा हदमा भेटिएका मोबाइल र त्यसमा रहेका डेटा नष्ट नगर्न/नगराउन पनि अदालतको आदेश छ। 

यस विषयमा मंगलबार सर्वोच्चमा रिट परेको थियो । जसमा मोबाइल नष्ट गर्ने कार्यमा संलग्न सरकारी अधिकारीलाई कानुनी कारबाही गर्न र पीडित विद्यार्थीलाई उचित क्षतिपूर्ति दिन माग गर्दै परमादेश, उत्प्रेषणलगायतका उपयुक्त आदेश दिन माग गरिएको थियो । 

रिटमा गृह मन्त्रालय, मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालय, सिरहाका प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाइएको छ । रिटमा यो कार्य गैरकानुनी भएको, गोपनीयता र सम्पत्तिको हकसम्बन्धी व्यवस्थाको उल्लंघन भएको दाबी छ । 

यस रिटमा सुनुवाइ गर्दै सर्वोच्चले 'यसमा के कसो भएको हो ? निवेदनको मागबमोजिम आदेश जारी हुन नपर्ने कुनै कारण र आधार भए आदेश प्राप्त भएको १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत जवाफ पेस गर्नू' भन्ने आदेश दिएको हो ।

The Supreme Court has sought a response from the government agency regarding the incident of students' mobile phones being destroyed in Siraha.

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully