सिरहामा मोबाइल नष्ट घटनाविरुद्ध जिल्ला प्रशासन कार्यालय घेराउ

विद्यार्थीहरूले क्षतिपूर्ति दिनु पर्ने, निर्णयमा संलग्न सरकारी अधिकारीमाथि कारबाही गर्नुपर्ने माग गरेका छन् ।

जेष्ठ २५, २०८३

विनय आजाद

District Administration Office surrounded over mobile phone destruction incident in Siraha

सिरहा — सिरहामा परीक्षाका बेला जफत गरिएका मोबाइल नष्ट गरेको घटनाविरुद्ध विद्यार्थीले जिल्ला प्रशासन कार्यालय (सीडीयो) घेराउ गरेका छन् । संयुक्त विद्यार्थी संगठनको आयोजनामा विद्यार्थीहरूले सिरहा सदरमुकाममा सोमबार प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् ।

उनीहरूले मोबाइल नष्ट गरिएका विद्यार्थीहरूलाई क्षतिपूर्ति दिइनुपर्ने, यस निर्णयमा संलग्न सरकारी अधिकारीमाथि कारबाही गर्नुपर्ने माग गरेका छन् ।District Administration Office surrounded over mobile phone destruction incident in Siraha

प्रमुख जिल्ला अधिकारी नेतृत्वको परीक्षा समन्वय समिति मातहतको उपसमितिले एसईई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षार्थीहरूबाट जफत गरिएका करिब ४९६ थान मोबाइल फोन तथा ५ वटा स्मार्ट घडी गत बिहीबार पानीमा डुबाएर नष्ट गरेको थियो । ती सामग्रीको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी हुन्छ ।x

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully