उनलाई पर्साको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्सा — वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई पर्साको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिहान ६:१५ मा उनलाई ठोरी जङ्गल रिसोर्टबाट नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता प्रनाउ राजु कार्कीले जानकारी दिएका छ्न् ।
मेयर सिंहविरुद्ध लिखतसम्बन्धी कसुर (कीर्ते) मुद्दामा अनुसन्धान भइरहेको छ । उक्त मुद्दामा अदालतले गत मङल बार पक्राउ पुर्जी जारी गरेको थियो । उनीमाथि नक्कली कागजातका आधारमा अर्काकी छोरीलाई आफ्नो छोरी देखाई नागरिकता तथा अन्य सरकारी कागजात बनाउन सहयोग गरेको आरोप लागेको छ ।
सिंहलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरिएको छ।
