ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएका मगरको गत शुक्रबार बेलुका मृत्यु भएपछि परिवारलाई किरिया खर्च र छाक टार्नका लागि कठिनाई भइरहेको थियो।
राजविराज — किरिया खर्चका लागि अभाव खेपिरहेका सप्तरीको राजविराज नगरपालिका–५ स्वर्ण टोलका अनबहादुर आले मगरका परिवारलाई साहित्यकार करुणा झाले आर्थिक सहयोग गरेकी छन्।
‘कान्तिपुर’मा समाचार प्रकाशन भएपछि राजविराज नगरपालिका–६ की साहित्यकार झाले मगरको परिवारलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी हुन्।
छिन्नमस्ता अस्पताल राजविराजकी सञ्चालिकासमेत रहेकी झाले मंगलबार दिउँसो पीडित परिवारको घरमै पुगेर आर्थिक सहयोग गरेकी हुन्।
यसअघि मगलबार नै उक्त परिवारलाई स्थानीय युवा र सप्तरी युथ नेपालले नगद तथा खाद्यान्नसहितका सरसमान सहयोग गरेका थिए ।
ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएका मगरको गत शुक्रबार बेलुका मृत्यु भएपछि परिवारलाई किरिया खर्च र छाक टार्नका लागि कठिनाई भइरहेको थियो।
७२ वर्षको उमेरमा मृत्यु भएको मगरकी माइली छोरी १८ वर्षकी इनिशा र कान्छी १६ वर्षकी एरिका करिया बसेका छन् ।
किरियापुत्रीलाई छुट्टै बस्न दिनुपर्ने परम्पराका कारण एउटै टहरो रहँदामगरकी श्रीमती दीपा शीतलहरको बेला बाहिरै त्रिपालमूनि बस्नुपर्ने बाध्यता खेप्दै आएकी छन् ।
