मधेश प्रदेश सभामुख यादवले लिए शपथ

प्रदेश सभाबाट आजै सभामुखमा निर्वाचित भएका सभामुख रामआशिष यादवले शपथ ग्रहण गरेका हुन् ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Madhesh Province Speaker Yadav takes oath

काठमाडौँ — मधेश प्रदेश सभाका नवनिर्वाचित सभामुख रामआशिष यादवले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश सभाबाट आजै सभामुखमा निर्वाचित भएका यादवले शपथ ग्रहण गरेका हुन् ।

उनलाई मधेशका प्रदेश प्रमुख सुरेन्द्र लाभले शपथ ग्रहण गराएका थिए । 

यसअघि आजै बसेको प्रदेश सभामा मत विभाजन प्रक्रियामार्फत सभामुखमा निर्वाचित भएका थिए । उनको विपक्षमा एमालेका त्रिलोकी प्रसादलेसमेत सभामुख पदमा उम्मेदवारी दिएकी थिइन् ।

कान्तिपुर

Link copied successfully