मधेश प्रदेशसभाको सभाभुखमा जसपाका यादव निर्वाचित

यादवले ७२ मत प्राप्त गरेका थिए भने उनको विपक्षमा २४ मत परेको थियो ।

पुस ६, २०८२

कमलेश ठाकुर

JSP's Yadav elected to Madhesh Provincial Assembly

जनकपुरधाम — मधेश प्रदेशको सभाभुख पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आइतबार मधेश प्रदेशसभामा बहुमत पाएर उनी निर्वाचित भएका हुन् । 

आज बसेको प्रदेशसभा बैठकमा कुल ९६ जना प्रदेशसभा सदस्य उपस्थित थिए । यादवले ७२ मत प्राप्त गरेका थिए भने उनको विपक्षमा २४ जनाले मतदान गरेका थिए । 

पहिलो प्रस्तावमाथि मत विभाजन भएर नै यादव निर्वाचित भएपछि नेकपा एमालेका त्रिलोकी प्रसादलाई सभामुख बनाउन दर्ता भएको प्रस्ताव स्वत: खारेज भएको थियो । 

निर्वाचित भएका यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका हुन् । उनी यसअघिको कार्यकालमा पनि प्रदेशसभा सदस्य थिए ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully