सोनल बने मधेश प्रदेशको मुख्यमन्त्री

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख भण्डारीले सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

आश्विन २९, २०८२

कान्तिपुर संवाददाता

Sonal became the Chief Minister of Madhesh Province

जनकपुरधाम — मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्रप्रसाद सोनार (सोनल) नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेकी हुन् । 

६ दलको समर्थनमा सोनलले ५७ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । कांग्रेसमा कृष्णप्रसाद यादवले पनि अर्को दाबी पेस गरेका थिए । 

सम्बन्धित समाचार

६ दलका ५७ सांसदको समर्थनमा मधेसको मुख्यमन्त्रीमा लोसपाका सोनलको दाबी पेस

कान्तिपुर

Link copied successfully