रौतहटमा करेन्ट लागेर किसानको मृत्यु

मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर ईशनाथ नगरपालिका–८ मन्सरी टोलका किसानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रावण १९, २०८२

शिव पुरी

Farmer dies due to electrocution in Rautahat

काठमाडौँ — रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ ।

मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर सख्त घाइते भएका मन्सरी टोलका ५५ वर्षीय शेख जाफिरको उपचारका क्रममा आइतबार मध्यरातमा मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा सिँचाइ गर्न विद्युतीय मोटर सञ्चालन गर्ने क्रममा राति करेन्ट लागेर सख्त घाइते भएपछि उनलाई तत्कालै उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । राति नै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरीका डिएसपी दीपककुमार रायले जानकारी दिए । 

घटना लगत्तै रामपुरखाप प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतकको शव पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनायो ।

रौतहटमा विद्युतीय करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दो छ । पछिल्लो समयमा खेतमा सिचाइँ गर्ने क्रममा करेन्ट लागेर मृत्यु हेनेको संख्या बढेको हो । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully