२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

५८ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ? 

काठमाडौँ — स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत सोमबार बिहान २ बजेसम्ममा ५८ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमाले २०, नेपाली कांग्रेस २०, नेकपा (माओवादी केन्द्र)ले १६ र नेकपा (एकीकृत समाजवादी)ले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् ।

५८ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ? 

उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले २७, एमाले १७, माओवादी ११, एकीकृत समाजवादी ३, जनता समाजवादी पार्टी १ र स्वतन्त्र १ जितेका छन् ।

मतगणना जारी स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले सबभन्दा बढी २७३, एमाले १७४, माओवादी केन्द्र १०१ र एकीकृत समाजवादीले १६ स्थानमा अग्रता लिएका छन् । यस्तै जसपा २८, लोकतान्त्रिक समाजवादी पार्टीले ११ स्थानमा अग्रता लिइरहेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ ०२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?