कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४

बाजुराको हिमाली गाउँपालिकामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, १२ राउन्ड हवाइ फायर

अर्जुन शाह

धनगढी — बाजुराको हिमाली गाउँपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहँदा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

मत पेटिकाको सिल सम्बन्धमा विवाद उत्पन्न भएपछि दुई पक्षबीच झडप भइरहेको छ । दुवैतर्फबाट ढुंगामुढा प्रहार भइरहेको छ ।

प्रहरीले १२ राउण्ड हवाई फायर फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले बताए ।

सशस्त्र प्रहरी परिचालन गरेर स्थिती नियन्त्रणमा लिने प्रयास सफल भइरहेको छैन ।

प्रकाशित : वैशाख ३१, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा निजी क्षेत्र पनि अख्तियारको दायराभित्र पर्ने गरी प्रस्तावित व्यवस्थाबारे तपाईंको धारणा के छ ?

x
×