कटारीको कालिका मावि केन्द्रमा गोली चल्यो

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — उदयपुरको कटारी नगरपालका -१० स्थित कालिका मावि केन्द्रमा गोली चलेको छ । मतदानको अन्तिम समयमा गोली चलेको हो । प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले गोली चलेको पुष्टि गरेका छन् ।

मतपेटिका र मतपत्र सुरक्षित रहेका छन् । के कारणले गोली चलेको भन्ने खुलेको छैन ।  कर्मचारीहरु सुरक्षित छन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully