२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४
स्थानीय तह निर्वाचन २०७९

ललितपुर महानगरमा गठबन्धन त्याग्दै एकीकृत समाजवादीको उम्मेदवारी घोषणा

काठमाडौँ — स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीले मेयर र उप मेयरमा उम्मेदवारी घोषणा गरेको छ ।

ललितपुर महानगरमा गठबन्धन त्याग्दै एकीकृत समाजवादीको उम्मेदवारी घोषणा

नेकपा एकीकृत समाजवादीले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण थापा र उप मेयरमा उषा बज्राचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थापा ललितपुर जिल्लाका अध्यक्ष हुन् भने बज्राचार्य उपाध्यक्ष हुन् ।

‘जिल्लाका स्थानीय तह बाँडफाँटमा बेवास्ता गरियो । त्यसैले गठबन्धन ब्रेक गरेका छौं’ एकीकृत समाजवादीका जिल्ला सहइन्चार्ज अमृत तिमल्सिनाले भने, ‘हामीले गठबन्धबाट बाहिरिने निर्णय गरेका छौं । ललितपुर महानगरपालिकामा मेयर तथा उप मेयरमा उम्मेदवार चयन गरेका छौं ।’

यसअघि समाजवादीले महाकाल गाउँपालिका र महालक्ष्मी नगरपालिकाका प्रमुख पाउनु पर्ने माग गर्दै आएको थियो । ‘कांग्रेस र माओवादीले एकपक्षीय रुपमा सहमति गरेका छन् । त्यसले मात्रै नभएर जसपा र राजमोले पनि विरोध गरेका छन् ।’

समाजवादीले दाबी गर्दै आएको महालक्ष्मी नगरपालिका कांग्रेस र महाकालको प्रमुख माओवादीले लिने दुई दलबीच सहमति भएपछि समाजवादीले आफ्नो उम्मेदवारी दिने भएको हो ।

प्रकाशित : वैशाख ११, २०७९ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?