विजयालक्ष्मी श्रेष्ठ र उमा सुवेदीलाई सीता बालमुकुन्द पुरस्कार

श्रेष्ठ तीन दशकदेखि बालबालिका र महिला अधिकारको क्षेत्रमा क्रियाशील छिन् भने सुवेदी आख्यानका साथै कविता र गीत लेखनमा छिन् । उनका ६ वटा पुस्तक प्रकाशनमा छन् ।

वैशाख १७, २०८३

इकान्तिपुर डेस्क

Vijayalakshmi Shrestha and Uma Subedi to receive Sita Balmukunda Award

What you should know

काठमाडौँ — सीता बालमुकुन्द पोख्रेल प्रतिष्ठान, काठमाडौंबाट समाजसेवी विजयालक्ष्मी श्रेष्ठ र साहित्यकार उमा सुवेदी पुरस्कृत भएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बिहीबार आयोजित समारोहमा पूर्वाञ्चल बाल सेवा आश्रम विराटनगरी प्रमुख संरक्षक सीता पोख्रेल, प्रतिष्ठानका उपकुलपति विमल निभा लगायतले पुरस्कृतलाई सम्मानपत्र प्रदान गरे । पुरस्कारको राशि जनही २५ हजार २२५ रुपैयाँ छ । 

ललितपुरकी श्रेष्ठ तीन दशकदेखि बालबालिका र महिला अधिकारको क्षेत्रमा क्रियाशील छिन् । महिला सशक्तीकरणका विषयमा उनका अनुसन्धान प्रकाशित छन् । झापाकी सुवेदी भने आख्यानका साथै कविता र गीत लेखनमा छिन् । उनका तोदा, इति, सयौं पुतली, परिधिलगायत ६ वटा पुस्तक प्रकाशनमा छन् ।

Vijayalakshmi Shrestha and Uma Subedi to receive Sita Balmukunda Awardपूर्वाञ्चल बाल सेवा आश्रमकी संस्थापक अध्यक्ष सीता र बालमुकुन्द पोख्रेलको नामबाट प्रतिष्ठान स्थापना भएको हो । हरेक वर्षको वैशाख १७ गते संरक्षक सीता पोखरेल (सीता आमा) को जन्मदिनको अवसरमा प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कृत गर्छ । 

पुरस्कृत सुवेदीले यतिबेला आफूलाई सबैभन्दा खुसी मिलेको बताइन् । 'यो सम्मान र पुरस्कारले भावुक बनाएको छ,' उनले भनिन् । सीता आमाको सत्कर्म समाजका लागि प्रेरक रहेको भन्दै उनले यस्तो कर्मका लागि फराकिलो मन हुनुपर्ने बताइन् ।

पुरस्कृत श्रेष्ठले ३५ वर्षअघि आफूले सीता आमालाई जनकपुरमा भेटेको स्मरण गरिन् । 'उहाँले आफ्नो क्षेत्रमा धेरै प्रशंसनीय कार्य गर्नुभएको छ । त्यहाँ हुर्किएका नानीबाबुहरुले राम्रा काम गरेका उदाहरण छन् ।'

कार्यक्रममा समीक्षक राजकुमार बानियाँले आश्रमले एक हजारभन्दा बढी बालबालिकालाई संरक्षण दिएको जानकारी दिए । 'सीता आमा रगतको सम्बन्धभन्दा माथि निर्णयकी आमा हुनुहुन्छ,' उनले भने, 'करिब ३ सय जनालाई उहाँले आफ्नै काखमा हुर्काउनुभयो ।'

समारोहका प्रमुख अतिथि निभाले प्रतिष्ठानले उचित पात्रको चयन गरी पुरस्कार प्रदान गरेको भनाइ राखे ।

आश्रमकी संस्थापक अध्यक्ष सीता आमाले आफूमा जीवनप्रतिको बोध हुन थालेदेखि नै समाजमा सकारात्मक काम गर्ने सोच जन्मिएको बताइन् । कर्म गर्ने फलको आशा नगर्ने सोचाइले नै आश्रम सुरु भएको उनको भनाइ छ । 'मभित्रको ऊर्जाले नै यस कामका लागि अघि बढाउन सघाएको हो,' उनले भनिन् ।

प्रतिष्ठानका अध्यक्ष सुरेश गाउँलेले प्रतिष्ठानले भविष्यमा पुरस्कृत हुने क्षेत्र र व्यक्तिको दायरा बढाउँदै लैजाने बताए । 'भविष्यमा हामी मानव कल्याणकै काम गर्नेछौं,' उनले भने, 'सीता आमा र बुवाको नाममा स्थापित यो प्रतिष्ठानले उहाँहरूलाई सधैंभरि जीवित राखिराख्नेछ ।' 

इकान्तिपुर

Link copied successfully