यदु स्मृति पत्रकारिता पुरस्कार दाहाललाई

एमाले उपाध्यक्ष विष्णु पौडेलले बुधबार दाहाललाई पुरस्कार प्रदान गरेका थिए ।

वैशाख १६, २०८३

कान्तिपुर संवाददाता

Yadu Memorial Journalism Award to Dahal

काठमाडौँ — एमाले नेता यदु गौतम स्मृति पत्रकारिता पुरस्कार पत्रकार धनवीर दाहालले पाएका छन् । 

एमाले उपाध्यक्ष विष्णु पौडेलले बुधबार दाहाललाई पुरस्कार प्रदान गरेका थिए । 

२५ हजार राशीको यो पुरस्कार हालसम्म २४ पत्रकारले पाइसकेका छन् । 

यदु गौतम स्मृति प्रतिष्ठानले हरेक वर्ष एकजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । गौतम चुनाव प्रचारप्रसारका क्रममा २०५५ मा माओवादीबाट मारिएका थिए । 

कान्तिपुर

Link copied successfully