अमेरिकामा पनि विमोचन भयो विष्णु विवेकको ‘घाटगाउँ’

‘घाटगाउँ’ उनको जीवन संघर्ष, पत्रकारिता र डायस्पोरा अनुभवमा आधारित कृति हो ।

चैत्र ३०, २०८२

इकान्तिपुर डेस्क

Vishnu Vivek's 'Ghatgaun' released in America too

काठमाडौँ — पत्रकार तथा लेखक विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ अमेरिकामा पनि विमोचन गरिएको छ । रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल (आरएमएफएन)को आयोजनामा कोलोराडोस्थित नेपाली घरमा नयाँ वर्ष विशेष कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि विनोद त्रिपाठीसहित प्रा. विजय शर्मा, अनेसास बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्मा, टीका पौडेल, अर्जुन बगाले, आकृति राई र स्वयं लेखकले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए ।

वक्ताहरूले छोटो समयमै अमेरिका पुगेर लेखनमार्फत पहिचान बनाएको भन्दै लेखकको प्रशंसा गरे। पदम विश्वकर्माले विवेकको अनुभवमा आधारित सरल र प्रभावशाली लेखनले पाठकलाई आकर्षित गर्ने बताए । अध्यक्ष आकृति राईले पुस्तकले गाउँदेखि अमेरिकासम्मको संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको उल्लेख गरिन् ।

लेखक विवेकले पुस्तक बिक्रीबाट आएको रकम आफ्नै गाउँको विद्यालयमा पुस्तकालय निर्माणमा प्रयोग गर्ने प्रतिबद्धता जनाउँदै सहयोगको अपिल गरेका छन् । सुर्खेतको घाटगाउँमा जन्मिएका विवेकले रेडियो र अनलाइन पत्रकारितामा दशक लामो अनुभवपछि अमेरिका पुगेर लेखनलाई निरन्तरता दिएका हुन् । ‘घाटगाउँ’ उनको जीवन संघर्ष, पत्रकारिता र डायस्पोरा अनुभवमा आधारित कृति हो ।

इकान्तिपुर

Link copied successfully