जितबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले निवर्तमान उपसभामुख इन्दिरा राना मगर र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईलाई सम्मान गरेको छ।
काठमाडौँ — जितबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले निवर्तमान उपसभामुख इन्दिरा राना मगर र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईलाई सम्मान गरेको छ।
त्यस्तै, प्रतिष्ठानले ‘जित–रेख मगर साहित्य पुरस्कार–२०८१’ सिन्धुलीको दुधौली–१४ आहालटार निवासी मगर भाषाका स्रष्टा उजिर राना मगरलाई प्रदान गरेको छ। यसको पुरस्कार राशि ६० हजार रुपैयाँ रहेको छ।
४० हजार रुपैयाँ राशिको ‘जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०८१’ मगर समाजसेवी तथा नेपाल मगर संघका संस्थापक सदस्य खगेन्द्र घर्ति मगरलाई प्रदान गरिएको छ।
यसैगरी, ‘जित–रेख मगर नवप्रतिभा साहित्य पुरस्कार–२०८१’ बाट रोल्पाको थवाङ–२ मिरुल निवासी नाटककार राकेश बी.एम. चिन्तनलाई सम्मान गरिएको छ। यसको पुरस्कार राशि १५ हजार रुपैयाँ रहेको छ।
यी पुरस्कार प्रमुख अतिथि इन्दिरा राना मगर र विशेष अतिथि भुपाल राईले संयुक्त रूपमा प्रदान गरेका थिए।
