एएनओको जापान कमिटी गठन 

कमिटीले विश्वभर रहेका नेपालीमूलका नेपालीहरूको वौद्धिक, आर्थिक, सामाजिक क्षमतालाई सामाजिक, आर्थिक र सांस्कृतिकरुपले जोड्ने उद्देश्य राखेको छ ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

ANO's Japan Committee formed

काठमाडौँ — एसोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)को जापान राष्ट्रिय कमिटी गठन भएको छ । साहित्यकार रविन शर्माको अध्यक्षतामा एएनओ जापान कमिटी गठन भएको हाे । यस कमिटीले विश्वभर रहेका नेपालीमूलका नेपालीहरूको वौद्धिक, आर्थिक, सामाजिक क्षमतालाई सामाजिक, आर्थिक र सांस्कृतिकरुपले जोड्ने उद्देश्य राखेको छ । 

कमिटीका महासचिव चूडामणि भट्टराईले जापान सम्मेलनको उद्घाटन गर्दै आफ्‌नो मातृपितृ भूमिसँगको प्रेम गहिरो बनाउन एएनओको आवश्यकता रहेको दाबी गरे ।

यस्तै, वरिष्ठ कलाकार रामकृष्ण बम मल्लले नेपालीको मातृपितृभूमि स्वाभाविक रुपमा नेपाल भएको र आफ्‌ना संस्कृति, परम्परा, भाषा र कला र जहाँ रहे पनि जोडिएनु पहिचान भएको बताए । उनले भने, 'कुनै न कुनै पहिचान नबोक्नु अतित्वमाथिको प्रश्न हो ।'

अमेरिका निवासी समाजसेवी डिल्ली अधिकारीको नेतृत्वमा संसारभरका नेपालीलाई जोड्ने गरी अभियान सुरु भएको हो । कमिटीको उपाध्यक्षमा परदेशी गायकको नामले परिचित सूर्य खड्का, महासचिवमा जापानी फिल्ममा समेत अभिनय गरिसकेका कलाकार उदय लामा, सचिवमा व्यवसायी तथा सामाजिक अभियन्ता कामना भण्डारी, कोषाध्यक्षमा इन्जिनियरिङ क्षेत्रमा कार्यरत मधु क्षेत्री र प्रवक्तामा सामाजिक अभियन्ता केपी ओली चयन भएका छन् । त्यसैगरी कमिटीका सदस्यहरूमा महेन्द्र न्यौपाने, प्रथम गुरुङ, रितु थापा, समुद्रराज पौडेल, सुशान्त भट्टराई, सागर थापा, कोशिका लिम्बू, ज्याक खड्का, गोकर्ण अधिकारी, प्रेम बलम्पाकी र दीपक कँडेल चयन भएका  छन् ।

अधिवेसनले नेपालीलाई नेपालसँग जोड्ने नीति बनाउन नेपाल सरकारको ध्यानाकर्षण गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

कान्तिपुर

Link copied successfully