बैठकले सनत रेग्मी र राजेन्द्र थापालाई जनही एक/एक लाख रुपैयाँ राशि तथा डा.गोपालप्रसाद शर्मा र डा.कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपैयाँ राशिको झपट पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
काठमाडौँ — झपट पुरस्कार व्यवस्था समितिले चार जनालाई झपट पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । समिति अध्यक्ष अरुण राणाको अध्यक्षातामा बसेको बैठकले सनत रेग्मी र राजेन्द्र थापालाई जनही एक/एक लाख रुपैयाँ राशि तथा डा.गोपालप्रसाद शर्मा र डा.कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपैयाँ राशिको झपट पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
आख्यानका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत रेग्मीलाई झपट पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी शब्दमार्फत नेपाली भाषालाई जनप्रिय बनाउन उद्धत गीतकार जनरल राजेन्द्र थापालाई ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरिने भएको छ ।
नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने डा.गोपालप्रसाद शर्मा र डा.कान्छी महर्जनलाई ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ प्रदान गरिने निर्णय भएको झपट पुरस्कार व्यवस्था समितिकी सदस्यसचिव रेखा राणाले जानकारी गराइन् ।
इन्दिरा प्रसाईको संयोजकत्वमा गठित प्रा.डा.हेमचन्द्र नेपाल र प्रा.डा. भरतकुमार भट्टराई सदस्य रहेको झपट पुरस्कार छनौट समितिले पुरस्कृत स्रष्टाहरुको नाउँ सिफारिस गरेको हो ।
