बिहीबारदेखि मधेश साहित्य महोत्सव हुँदै

महोत्सवमा मधेशका साथै देशभरका साहित्यकार, लेखक, कवि र चिन्तकहरूको सहभागिता रहनेछ। महोत्सवका क्रममा कविता वाचन, साहित्यिक विमर्श, पुस्तक विमोचन तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने छ।

माघ १४, २०८२

शंकर आचार्य

Madhesh Literature Festival to begin from Thursday

पर्सा — मधेशको भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित वीरगन्जमा बिहीबारदेखि आयोजन गर्न लागिएको दोस्रो मधेश साहित्य महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

आयोजक उत्कर्ष नेपालका अध्यक्ष रितुराज साहका अनुसार, महोत्सवमा मधेशका साथै देशभरका साहित्यकार, लेखक, कवि र चिन्तकहरूको सहभागिता रहनेछ। महोत्सवका क्रममा कविता वाचन, साहित्यिक विमर्श, पुस्तक विमोचन तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने छ।

मधेश विश्वविद्यालय परिसरमा आयोजना हुने महोत्सवले मधेशको साहित्यिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखिएको उनले बताए। युवापुस्तालाई साहित्यतर्फ आकर्षित गर्न विशेष सत्रहरू समेत राखिएको उनले बताए । उद्‍घाटन समारोहको प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव हुनेछन् । 'गाँवः स्मृति,मिथक र यथार्थ विषय बीजपत्र' का वक्ता भाष्कर गौतम रहेका छन् । 

त्यस्तै 'गाँवका युवाः पलायन, पोलिसी र विकल्प' सत्रमा वसन्तकुमार कुशवाहा, भोगेन्द्र झा र सलोनी प्रधान सिंह वक्ता हुनेछन् । 'गाँवः लोकतन्त्र र सत्ता' विषयक सत्रमा सुरेश ढकाल, सुचेता प्याकुरेल र सविन निङ्ग्लेखु वक्ता रहेका छन् ।  त्यसैगरी 'गाँवः स्मृति र इतिहास' सत्रमा गोपाल ठाकुर, अन्जय मिश्रा, त्रिभुवन बरई र राकेश मिश्र वक्ता रहेका छन् । महोत्सव तीन दिनसम्म चल्नेछ । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully