बालसाहित्य महोत्सवमा विजयराज आचार्यका ८ बाल पुस्तक विमोचन

दसैँको आशिष, पाटे चितुवा, उनीहरु कहाँ गए होलान् ?, गोपाल, महिषपाल, किराँत, डेढ गगरिया र गौतम वृद्धको जीवनमा आधारित ‘सिद्धार्थ’ नाटकसहित ८ वटा कृतिको विमोचन गरिएको हो ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

8 children's books by Vijayaraj Acharya released at Children's Literature Festival

What you should know

ललिपुर(पाटन) — तेस्रो बृहत् बालसाहित्य महोत्सवको दोस्रो दिन सोमबार बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यका आठ बाल पुस्तकहरुको एकैसाथ विमोचन गरिएको छ ।

माघ ११ गतेदेखि सुरु भएको तेस्रो बृहत् बालसाहित्य महोत्सवमा उनका ‘दसैँको आशिष’, ‘पाटे चितुवा’, ‘उनीहरु कहाँ गए होलान्’, ‘गोपाल’, ‘महिषपाल’, ‘किराँत’, ‘डेढ गगरिया’ र गौतम वृद्धको जीवनमा आधारित ‘सिद्धार्थ’ नाटकसहित ८ वटा कृतिहरु विमोचन भएको पनि बताएका छन् ।

पुस्तक विमोचन कार्य सङ्गीत नाट्य प्रतिष्ठानका पूर्वउपकुलपति एवं वरिष्ठ नाट्यकर्मी हरिहर शर्माले एकैपटक आठ वटा किताब प्रकाशन गर्नु महत्त्वपूर्ण भएको बताउँदै प्रकाशित पुस्तकहरु समय सान्दर्भिक रहेको बताए । 'जुन वर्गलाई लक्षित गरिएको हुन्छ, त्यो वर्ग वा उमेर समूहको मनमष्तिस्कले मन पराउने खालको विषयवस्तु हुनुपर्छ, आज विमोचन भएको बालसाहित्य पुस्तकले यी विषयहरुलाई समेटेको छ', उनले भने ।

राष्ट्रिय समाचार समिति (रासस)का पूर्वसम्पादक प्रमोद प्रधानले बालसाहित्यका बारेमा हाम्रो आफ्नो धारणाभन्दा पनि विश्वव्यापी अभ्यास र अवधारणालाई ध्यान दिनुपर्नेमा जोड दिए । उनले बालसाहित्यमा बालबालिकाको रुचि र उनीहरूको मनोविज्ञानलाई ध्यान दिएर लेख्ने पद्धतिलाई जोड दिनुपर्ने धारणा राखे । 

विमोचन गरिएका पुस्तकहरुको समीक्षा गर्दै प्रा.डा. गोविन्द पौडेलले हिजोको इतिहासलाई सरल रुपमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको बताए । ‘डेढ गगरिया’ कृतिको बारेमा साहित्यकार कृष्णराज सर्वहारीले पाँच वटा लोककथा रहेको यस पुस्तकमा कथाहरूसँग प्रसङ्ग मिल्ने गीतहरू राखिएको भए अझै उचित हुने धारणा राखे । यो पुस्तक थारु समुदायको बालबालिकाहरुका लागि उपयुक्त हुने उनको भनाइ थियो ।

महोत्सवमा सोमबार ‘स्थानीय सरकार र बालबालिका’ र ‘बालसाहित्य, पाठ्यपुस्तक र पठन संस्कृति’ विषयमा समूह छलफल भएको थियो भने 'बालसाहित्यको अबको बाटो' र 'फोकलोर टु फ्युचर : ब्लेन्डिङ बङ्गलादेशी कल्चर विथ साइन्स फिक्सन' विषयका कार्यपत्र प्रस्तुत गरिएको थियो ।

'स्थानीय सरकार र बालबालिका' शीर्षकको समूह छलफललाई पत्रकार यशोदा अधिकारीले सहजीकरण गरेकी थिइन् । उक्त छलफलमा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य, राष्ट्रिय बालअधिकार परिषद् नेपालका उपाध्यक्ष बम बानियाँ र कोन्ज्योसोम गाउँपालिका अध्यक्ष कृष्णमान लामाले बहस गरेका थिए ।

8 children's books by Vijayaraj Acharya released at Children's Literature Festival

कार्यपत्र प्रस्तुति 'बालसाहित्यको अबको बाटो' शीर्षकमा वरिष्ठ बालसाहित्यकार भिक्टर प्रधानले प्रस्तुत गरेका थिए भने टिप्पणी वरिष्ठ समालोचक प्रा.डा. रमेशप्रसाद भट्टराईले गरेका थिए । उक्त कार्यक्रमको सभापतित्व वरिष्ठ पत्रकार तथा लेखक कनकमणि दिक्षितले गरेका थिए ।

8 children's books by Vijayaraj Acharya released at Children's Literature Festival

प्रस्तोता बङ्गलादेशी साहित्यकार डा. मिजानुर रहमान कल्लोलले 'फोकलोर टु फ्युचर : ब्लेन्डिङ बङ्गलादेशी कल्चर विथ साइन्स फिक्सन' शीर्षकमा कार्यपत्र प्रस्तुति गरेका थिए भने त्यसमा टिप्पणीकार समालोचक तथा अनुवादक महेश पौड्याल रहेका थिए भने उक्त कार्यक्रममा सभापतित्व प्याबसन, ललितपुर महानगरपालिकाका अध्यक्ष अर्जुन महर्जनले गरेका थिए ।

8 children's books by Vijayaraj Acharya released at Children's Literature Festival

'बालसाहित्य, पाठ्यपुस्तक र पठन संस्कृति' शीर्षकको सत्रमा सहजकर्ता कथावाचक तथा बाल साहित्यकार शान्ता दाहाल सहजकर्ताका रुपमा थिइन् भने वक्ताका रूपमा प्रारम्भिक बालविकास विज्ञ डा. मीनाक्षी दाहाल र लेखक यशु श्रेष्ठ, बाल लेखक काव्या सिम्खडा र बाल पाठक आयन्श ज्ञवाली सहभागी थिए ।

8 children's books by Vijayaraj Acharya released at Children's Literature Festival

नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका र पाटन संग्रहालयको संयुक्त आयोजनामा पाटन दरबार संग्रहालयमा माघ ११ गतेदेखि सुरु भएको महोत्सव १३ गतेसम्म चल्नेछ ।

महोत्सवमा बाल साहित्यसम्बन्धी कार्यपत्र प्रस्तुति, बालसाहित्य र बालसरोकारसम्बन्धी विभिन्न विषयमा सामूहिक छलफल, बालसाहित्यका पुस्तक विमोचन, अन्तक्र्रिया र संग्रहालय प्रदर्शनीलगायतका आकर्षण रहनेछन् ।

महोत्सवमा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावक र साहित्यकार–कलाकारको सहभागितामा नृत्य,गायन, नाटक, कविता/कथावाचन लगायतका कार्यक्रम पनि हुनेछ ।

कान्तिपुर

Link copied successfully