पाटन संग्रहालयमा तेस्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

माघ १३ गतेसम्म सञ्चालन हुने नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका, पाटन सङ्ग्रहालयको आयोजना र विभिन्न संस्थाको सहआयोजनामा पाटन सङ्ग्रहालय परिसरमा महोत्सव सुरु भएको हो ।

माघ ११, २०८२

कान्तिपुर संवाददाता

Third National Children's Literature Festival begins at Patan Museum

What you should know

ललितपुर — बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान बढाउने उद्देश्यले तेस्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु भएको छ ।

माघ १३ गतेसम्म सञ्चालन हुने नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका, पाटन सङ्ग्रहालयको आयोजना र विभिन्न संस्थाको सहआयोजनामा पाटन सङ्ग्रहालय परिसरमा महोत्सव सुरु भएको हो । 

महोत्वसको बाल गायिका कल्पना विष्टले उद्घाटन गरिन् । सोही अवसरमा वार्षिक कार्यक्रम अन्तर्गत नेपाल बालसाहित्य समाजका विभिन्न दाताहरूले स्थापना गरेका पुरस्कार विभिन्न बाल साहित्यकारहरूलाई वितरण पनि गरिएको छ । ध्रुवसुशीला बाल अनुसन्धान पुरस्कार प्रमोद प्रधानलाई, चूडाचरण बालजीवनी पुरस्कार भिक्टर प्रधानलाई, तेजप्रतिभा बालनियात्रा पुरस्कारघनश्याम राजकर्णिकारलाई र मुकेशजनक विज्ञान बालसाहित्य पुरस्कार सिर्जना शर्मालाई प्रदान गरियो ।

Third National Children's Literature Festival begins at Patan Museum

'सामाजिक सञ्जाल र बालबालिका' विषयक सामूहकि संवाद सत्रमा आइतबार वक्ताहरुमा वरिष्ठ मनोविद् गंगा पाठक, क्लिनिकल हेल्थ नर्स सुशीला श्रेष्ठ र लेखक तथा पत्रकार दामोदर न्यौपानेसँग पत्रकार क्रान्ति पाण्डेले बहस गरेका थिए । उक्त बहस सत्रमा बालबालिकामा बढ्दो सामाजिक सञ्जाल र मोबाइल प्रविधि कम गर्न अभिभावकीय भूमिका नै प्रमुख रहने निष्कर्षसहित कार्यक्रमलाई समापन गरिएको थियो ।

Third National Children's Literature Festival begins at Patan Museum

त्यस्तै, कार्यपत्र प्रस्तुतिमा वरिष्ठ वनस्पतिविद् तथा विज्ञान लेखक तीर्थबहादुर श्रेष्ठले 'बालासाहित्यमा विज्ञान' विषयमा तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमाथि मुकेशकुमार चालिसेले टिप्पणी गरेका थिए । उक्त कार्यक्रममा वरिष्ठ बालसाहित्य इतिहासकार प्रमोद प्रधानले सभापति रहेका थिए । कार्यक्रममा नेपालमा जति हुनुपर्ने हो त्यही गतिमा विज्ञानलाई समेटेर बालसाहित्यमा कामहरु नभएको कुरा प्रकाशमा ल्याइएको थियो ।

Third National Children's Literature Festival begins at Patan Museum

समाजका अध्यक्ष विजयराज आचार्यका अनुसार महोत्सवमा बालसाहित्यसम्बन्धी राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञहरूबाट कार्यपत्र प्रस्तुति, बालसाहित्य र बालसरोकारसम्बन्धी विभिन्न विषयमा छलफल, बालसाहित्यसम्बन्धी पुस्तकको विमोचन र प्रदर्शनीलगायत गतिविधि हुनेछन् ।

Third National Children's Literature Festival begins at Patan Museum

काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र साहित्यकार–कलाकारको सहभागिता हुने महोत्वसमा रचना प्रस्तुति र बङ्गलादेशका वरिष्ठ साहित्यकार प्रा. डा. मिजानुर रहमान कल्लोलले समेत कार्यपत्र प्रस्तुत गर्ने महोत्वसकी संयोजक यशोदा अधिकारीले जानकारी दिइन् ।

Third National Children's Literature Festival begins at Patan Museum

कान्तिपुर

Link copied successfully