कवि ज्ञानेन्द्र खतिवडालाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार

बद्रीनारायण प्रधान स्मृति पुरस्कार चयन समितिको संयोजक डा. मोहन पी. दाहालको अध्यक्षतामा बिहीबार डुवर्सको बाग्राकोटमा बसेको बैठकले खतिवडालाई पुरस्कार दिइने निर्णय भएको हो ।

पुस ११, २०८२

कान्तिपुर संवाददाता

Poet Gyanendra Khatiwada receives Badrinarayan Pradhan Memorial Award

सिलिगुडी — सिलिगुडी नजिकै सालवारीका वरिष्ठ कवि तथा चिन्तक ज्ञानेन्द्र खतिवडालाई यस वर्षको बद्रीनारायण प्रधान स्मृति पुरस्कार प्रदान गरिने भएको छ । 

बद्रीनारायण प्रधान स्मृति पुरस्कार चयन समितिको संयोजक डा. मोहन पी. दाहालको अध्यक्षतामा बिहीबार डुवर्सको बाग्राकोटमा बसेको बैठकले खतिवडालाई पुरस्कार दिइने निर्णय भएको हो । आगामी १८ जनवरीमा बाग्राकोटका आयोजना हुने ९८औँ बद्रीनारायण प्रधान जयन्तीको अवसरमा उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका सचिव रुपेश शर्माले जनाए । 

प्रसिद्ध वामपन्थी साहित्यकार बद्रीनारायण प्रधानको स्मृतिमा सन् २०१० मा स्थापना गरिएको प्रतिष्ठानले सन् २०१२ देखि नेपाली साहित्यमा समर्पित साधकहरूलाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । खतिवडाका दुई काव्यकृति ‘खस्नै लागेको उज्यालोमा’ (१९९५) र ‘ऐना अघिल्तिर’ (२०२३) प्रकाशित छन् । 

विगत पाँच दशकदेखि लेखन र अध्ययनमा सक्रिय उनका कथा तथा निबन्धहरू ‘समकालीन’, ‘कादम्बरी’ लगायतका प्रतिष्ठित साहित्यिक पत्रिकामा प्रकाशित छन् । उनको कथासंग्रह प्रकाशनको तयारीमा छ ।

कान्तिपुर

Link copied successfully