प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंमा आयोजित‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ समारोहमा विजेताहरूलाई नगद पुरस्कार, ट्रफी र सम्मान प्रदान गरेकी छन्।
काठमाडौँ — ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’मा शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा उत्कृष्ट भएको छ ।
कथाकार शाहीले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
बाह्रखरी मिडियाद्वारा बिहीबार काठमाडौंमा आयोजित उत्कृष्ट कथा घोषणा समारोहमा विजेता कथाकारहरूलाई प्रधानमन्त्री सुशीला कार्कीले नगद, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरिन् ।
प्रतियोगितामा ऋतेश गुरुङद्वारा लिखित ‘भुइँकुहिरोको बीचमा’ शीर्षकको कथा द्वितीय भएको छ । इन्द्रप्रसाद गोतामे (जगतजंग)द्वारा लिखित ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथा तृतीय भएको छ ।
साथै द्वितीय ऋतेशलाई १ लाख र तृतीय गोतामेलाई ६० हजार नगद र ट्रफीबाट सम्मान गरिएको छ ।
संग्रहमा छापिएका बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ प्रदान गरिएको छ ।
