बाह्रखरी कथा प्रतियोगिता : शिवराज शाहीको ‘एक मान्ठ, एक देउता’ प्रथम

रितेश गुरुङको ‘भुइँकुहिरोको बीचमा’ दोस्रो र इन्द्रप्रसाद गोतामे ‘जगतजङ्ग’को ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथाले तेस्रो स्थान प्राप्त गरे ।

पुस १०, २०८२

कान्तिपुर संवाददाता

Bahrakhari Story Competition: Shivraj Shahi's 'Ek Mantha, Ek Deuta' wins first place

काठमाडौँ — यस वर्षको बाह्रखरी कथा प्रतियोगितामा शिवराज शाहीले प्रथम स्थान प्राप्त गरेका छन् । बाह्रखरी मिडियाले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा कथाकार शाहीको ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा उत्कृष्ट घोषणा गरिएको हो । 

यससँगै उनले ट्रफीसहित दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । बिहीबार काठमाडौंमा आयोजित विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले शाहीलाई पुरस्कार प्रदान गरिन् ।

यसैगरी रितेश गुरुङको ‘भुइँकुहिरोको बीचमा’ दोस्रो र इन्द्रप्रसाद गोतामे ‘जगतजङ्ग’को ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथाले तेस्रो स्थान प्राप्त गरे । उनीहरूले क्रमशः दुई लाख र तीन लाख रुपैयाँ प्राप्त गरे । 

बाह्रखरीले प्रतियोगिताका विजेतासहित २५ जना कथाकारका उत्कृष्ट कथा समावेश गरेर पुस्तक समेत प्रकाशनमा ल्याएको छ । उक्त पुस्तकको समेत विमोचन समेत गरिएको छ । 

कान्तिपुर

Link copied successfully