प्रलेसले गर्‍यो चार स्रष्टालाई पुरस्कृत

श्यामप्रसाद स्मृति पुरस्करबाट ईश्वरचन्द्र ज्ञवाली, प्रलेस युवा पुरस्कारबाट रूपक अलंकार, प्रलेस प्रतिभा पुरस्कारबाट अनिल शर्मा र प्रलेस बालसाहित्य पुरस्कारबाट सुशीला प्रधानांग पुरस्कृत भएका हुन् ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

PRLES awards four creators

काठमाडौँ — प्रगतिशील लेखक संघले चारजना स्रष्टालाई पुरस्कृत गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा प्रलेसका पूर्वअध्यक्ष तथा एमाले उपाध्यक्ष रघुजी पन्तले स्रष्टाहरूलाई पुरस्कार अर्पण गरे ।

श्यामप्रसाद स्मृति पुरस्करबाट ईश्वरचन्द्र ज्ञवाली, प्रलेस युवा पुरस्कारबाट रूपक अलंकार, प्रलेस प्रतिभा पुरस्कारबाट अनिल शर्मा र प्रलेस बालसाहित्य पुरस्कारबाट सुशीला प्रधानांग पुरस्कृत भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पन्तले प्रगतिशील साहित्यले देशको वैचारिक मार्ग निर्माण गर्ने भएकाले प्रगतिशील साहित्यको सिर्जना र त्यसको पठनसंस्कारमा जोड दिनु अहिलेको आवश्यकता रहेको बताए ।

कार्यक्रममा स्घको पत्रिका 'प्रलेस'को ३१औं अंक, तिला लेकालीद्वारा रचित 'आगोको रङ' गजलसंग्रह र विन्दु दाहाल मूकदर्शद्वारा रचित 'मातृवियोग' शोककाव्य पनि लोकार्पण गरिएको थियो ।

कान्तिपुर

Link copied successfully