सिलिगुडी साहित्य उत्सव : कवि सम्मेलनदेखि कृति–व्यक्ति चर्चासम्म

तीन मुख्य सत्रमा विभाजित उत्सवमा नेपाली कवि सम्मेलन, लेखकसित भेटघाट र व्यक्ति तथा कृति चर्चा भयो ।

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

Siliguri Literature Festival: From Poet Conference to Discussion of Works and People

सिलिगुडी — सिलिगुडी साहित्य अकाडेमी, नयाँ दिल्लीको आयोजना र बुक–एन्ट पब्लिकेसन हाउस, सिलिगुडीको सहकार्यमा बृहत् साहित्य उत्सव सम्पन्न भएको छ ।

भानुभक्त समिति, गुरुङ नगरस्थित बुक–एन्ट पब्लिकेसन हाउसको प्रेक्षागृहमा सम्पन्न साहित्यिक समारोहका कवि सम्मेलनदेखि व्यक्ति-कृति चर्चा भयो । 

नेपाली भाषा र साहित्यप्रतिको साझा प्रतिबद्धताले ख्यातिप्राप्त कवि, अग्रज साहित्यकार, विद्वान् तथा साहित्यप्रेमीहरूलाई एउटै मंचमा उतार्दै कार्यक्रम उत्सवमय बनेको आयोजक समितिका कवि राजा पुनियानीले जनाए।

तीन मुख्य सत्रमा विभाजित उत्सवमा नेपाली कवि सम्मेलन, लेखकसित भेटघाट र व्यक्ति तथा कृति चर्चा भयो । नेपाली कवि सम्मेलनमा युवा तथा उदाउँदा कविहरू मुस्कान लकान्द्री, अजीत विश्व, रेजिना सुब्बा, मेरी लेप्चा र प्रज्ज्वल थापाले आफ्ना मौलिक कविताहरू वाचन गरे ।

दोस्रो सत्र ‘लेखकसित भेटघाट’मा सिलिगुडीका वरिष्ठ साहित्यकार/पत्रकार  युवराज काफ्लेले साहित्य र पत्रकारिताका अनुभवहरु साटे। उनको जीवन–यात्रा र साहित्यिक योगदान समेटिएको विशेष पुस्तिका समेत सार्वजनिक भयो । 

Siliguri Literature Festival: From Poet Conference to Discussion of Works and Peopleतेस्रो सत्रमा सिलिगुडी क्षेत्रका प्रख्यात् न्युरोलोजिस्ट सिद्धिराज शर्माले ‘चिकित्सा र साहित्य’को अन्तरसम्बन्धमाथि धारणा राख्दै मानव जीवनमा पुस्तकको भूमिकाबारे प्रेरणादायी प्रस्तुति दिए।

साहित्य अकादेमीको नेपाली भाषा परामर्श समितिका संयोजक शङ्करदेव ढकालको सभापतित्वमा सम्पन्न भएको उत्सवमा प्रमुख अतिथि प्रख्यात् वैज्ञानिक पद्मश्री विजेता एकलव्य शर्माले तीनै सत्रलाई समेट्ने व्यापक मन्तव्य दिँदै साहित्यिक जमघटले विचारको आदान–प्रदान र समाज–लेखकबीच सेतुकै काम गर्ने बताएका थिए। 

कान्तिपुर

Link copied successfully