विश्व साइकलयात्री शाहद्वारा लिखित ‘मृत सागरदेखि सगरमाथासम्म’ पुस्तक लोकार्पण

नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा लेखक पुष्कर शाह र जेन-जी युवा समूहका प्रतिनिधिले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

World cyclist Shah's book 'From the Dead Sea to Mount Everest' launched

काठमाडौँ — विश्वभर साइकलमार्फत शान्ति, एकता र मानवीय सन्देश फैलाउँदै परिचित भएका विश्व साइकलयात्री पुष्कर शाहद्वारा लेखिएको पुस्तक ‘मृत सागरदेखि सगरमाथासम्म’ मंगलबार लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा लेखक पुष्कर शाह र जेन-जी युवा समूहका प्रतिनिधिले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् । लोकार्पित कृतिले विश्वभर नेपाली युवामा देशप्रेम, सहनशीलता र साहसको भावना जगाउने विश्वास व्यक्त गरियो ।

लेखक शाहले आफ्नो बाल्यकालदेखि विश्व साइकल यात्रासम्मको जीवनकथा यस पुस्तकमा समेटिएको जानकारी गराए । 

पुष्कर शाहले सन् १९९८ देखि करिब ११ वर्षसम्म विश्वका १५० भन्दा बढी देशमा साइकल यात्रा गरी विश्व शान्तिको सन्देश फैलाएका थिए । उनले सगरमाथाको शिखरमा पुगेर विश्वका राष्ट्रहरूको झन्डा फहराउँदै ‘विश्व शान्ति’ को सन्देश पनि दिएका थिए ।

कान्तिपुर

Link copied successfully